महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आजदेखि सुनुवाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आजदेखि सुनुवाई



काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आजदेखि सुनुवाई हुने भएको छ । अर्थमन्त्रालयले सरकारलाई सहयोग नगरेकोभन्दै गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।

उक्त निलम्बन र्गैरकानुनी भएको भन्दै गभर्नर अधिकारीले सोमबार सवोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

सरकारले छानबिन समिति बनाएर निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ । निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरिएको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा परेको छ ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलवार ११:२५