नेप्से दोहोरो अंकले गिरावट,कारोबार रकममा भने सामान्य बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेप्से दोहोरो अंकले गिरावट,कारोबार रकममा भने सामान्य बृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दास्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४१.७७ अंकले घटेर दुई हजार ३ सय ४३ दशमलब ८७ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकम भने बढेको छ । नेप्सेमा एक अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनी मध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ, १८२ कम्पनीकोे शेयरमूल्य घटेको छ र २ कम्पनीको शेयर मुल्य स्थीर रहेको छ । यसमध्ये नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १० प्रतिशतले बढेर उक्त शेयर प्रतिकित्ता २७३७.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ८.३३ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबार रकमको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैकको भएको छ । यस कम्पनीको आज ४ करोड ९६ लाख २६ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार १५:२५