राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा राख्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा राख्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा भएको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । बैैंकले उक्त कोषमा भएको ३३ करोड रुपैयाँ विभिन्न बैक तथा वित्तीय संस्थामा राख्ने जनाएको छ ।

बैंकले वाणिज्य बैंकहरुमा २६ करोड ४० लाख, राष्ट्रिय स्तरका विकास बैंकहरुमा ४ करोड ९५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड ६५ लाख रुपैयाँ राख्न लागेको छ ।

राष्ट्र बैंकले उक्त रकम वैशाख ९ देखि आगामी बर्ष वैशाख ९ गतेसम्मको लागि राख्न लागेको जनाएको छ । उक्त रकम मुद्दती खातामा राख्नका लागि वित्तीय संस्थाहरुले आफ्ना विभिन्न सर्तहरु पालना गर्न पर्ने छ । यसका लागि वित्तीय संस्थाहरुले यहि बैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ४ बैशाख २०७९, आईतवार १५:३४