गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित



काठमाडौं । नेपाल राष्ट्र बैक कर्मचारी संघ केन्द्रिय समितिले कालो ब्यानर झुन्ड्याउदै विरोध गरेको छ । सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा बैकको केन्द्रिय कार्यलय बालुवाटार परिसरमा विरोध जनाएको हो ।

राष्ट्र बैंकको कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्ड्याइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वत्तता माथिको नाङगो हस्तक्षेप बन्द गर’, ‘निराधार तथा कपोकल्पित आरोपमा गभर्नर माथी शुरु गरिएको कारबाही प्रक्रिया अबिलम्ब फिर्ता गर’, ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्कालै विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराहरु समावेश गरिएको छ ।

कोणसभालाई संवोधन गदै नेपाल राष्ट्र बैक कर्मचारी संघका केन्द्रिय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले जब जब राज्य सञ्चालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन तब तब नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए । हालको गभर्नरमाथीको आक्रमण नँया नभई यो भन्दा अगाडी पनि नेपाल राष्ट्र बैकको नेत्तृत्व माथी आक्रमण भएको स्मिरण गदै उनले यस्तो अबस्थामा नेपाल राष्ट्र बैक कर्मचारी संघ केन्द्रिय बैक स्वायत्तताको रक्षाका लागि बिरोधको कार्यक्रममा उत्रने गरेको पनि बताएका छन् ।

उक्त विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, बरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकर प्रसाद भट्टराई लगायतका संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण साधारण सदस्यहरु, समर्थकहरु, शुभेच्छुकहरु तथा आम कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित : ४ बैशाख २०७९, आईतवार १३:५१