एनआईसी एशिया क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो शेयर खाता योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो शेयर खाता योजना



काठमाडौं । नयाँ वर्ष २०७९ सालको अवसरमा एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने उद्देश्यले निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क छुट दिने सुविधा ल्याएको छ ।

यस सुविधा २०७९ साल बैशाख १ गतेदेखि मिति २०७९ साल आषाढ मसान्तसम्म लागू हुनेछ । यस सुविधा एनआईसी एशिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाईन डिम्याट सेवा र एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट प्राप्त हुनेछ । क्यापिटलले पूँजी बजार साक्षरता कार्यक्रमलाई देशव्यपी रुपमा संचालन गर्ने पनि जनाएको छ ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १६:३०