२०७८ लाई फर्केर हेर्दाः पुँजी बजारको उत्तारचढाबको बर्ष, आगामी बर्ष कस्तो रहला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२०७८ लाई फर्केर हेर्दाः पुँजी बजारको उत्तारचढाबको बर्ष, आगामी बर्ष कस्तो रहला ?



काठमाडौं । नयाँ सालको आगमन संगैं पुँजी बजारलाई २०७८ सालमा फर्केर हेर्दा निकै उत्तारचढाबको बर्ष मान्न सकिन्छ । बर्षको सुरुवाती दिनमा लगानीकर्तामा पुँजी बजारले सकारात्मक सन्देश दिएपनि त्यो धेरै समय टिकेन र केहि हप्तामै बजार ओरालो लागेर लगानीकर्तामा एक किसिमको निराशा पन ल्याईदियो । यो बिचमा बैकिङ्ग क्षेत्रले ल्याएको ४र१२ को निति, धितोपत्र बोर्डका अध्यक्षको निलम्बन, नेप्सेका कार्यकारी अधिकृत राजिनामा , राष्ट्र बैंकका गभर्नर निलम्बन, एमसीसी मुद्दा देखि राजनीतिक खिचातानीमा शेयर बजारले राम्रो गति लिन सकेन ।

२०७८ सालको सुरुको महिनामा २६७४.५ अंकमा खुलेको बजार बर्षकोअन्तिम महिनामा आईपुग्दा २४१५.२४ अंकमा झरेको छ । यस हिसाबले पनि समग्रमा हेर्दा यो बर्ष नेप्से परिसुचकमा नकारात्मक असर परेको आकलन गर्न सकिन्छ ।
बर्षको सुरुवाति दिनमा कोभिडका कारण अस्तव्यस्त बनेको नेपालको अर्थतन्त्रमा पुँजी बजार पनि अछुतो रहन सकेन् । त्यसपछि बजार बिस्तारै माथी उठ्दै गयो तर यसै बिच बैकहरुमा ४ र १२ को निति ल्याएर पुँजीबजारमा फेरी हलचल मच्चायो ।

जसले गर्दा बैकबाट ठुलो रकम लिएर लगानी गरेका लगानीकर्तामा बैकको व्याज कसरी तिर्ने अब मार्केट कता जान्छ भन्ने किसिमको त्रास बढेको थियो । हुनत सबैभन्दा बढी ३२२७.११ अंकमा कारोबार भएर नेप्सेको ईतिहासकै सबैभन्दा उच्च बिन्दुमा पुग्न सफल भएको नेप्से सबैभन्दा कम २२५९. ९१ विन्दुमा झरेर पनि कारोबार भएको थियो । पछिल्लो समय पुँजीबजारमा धेरै मानिसहरु सक्रिय रुपमा लागेका छन् । अरु व्यापार व्यबसायमा भन्दा पुँजीबजारमा लगानी गरेर मनग्य आम्दानी गर्न सकिने सोचले धेरै जसो मानिसहरु पुँजी बजारमा आवद्ध भएका छन् । बर्ष दिन भरीमा १७ खर्ब ११ अर्ब ३४ करोड रुपैंया बराबरको कारोबार भएको नेप्सेमा कुनै समय निकै बढ्यो र कुनै समय निकै झर्यो ।

बर्षदिनमा कुन महिना कति अंकले घटबढ भयो नप्से

२०७८ बैशाख महिनामा ९।५१ अंकले बढेको नेप्से जेष्ठ महिनामा पनि ३३१.९२ अंकले बढेर निरन्तर बजार माथी उकालो लाग्यो । लगानीकर्ताहरुले उक्त समय मनग्य कमाए तर साना लगानीकर्ताहरुले भने अझै बढ्ने आसमा लगानी गदै गए । तर, त्यो बजारले निरन्तरता भने दिएन आर्थिक बर्ष सकिदै जादा असारमा नेप्से फेरि १७८.४३ अंकले झर्यो । आर्थिक बर्ष २०७८।७९ सुरु हुँदा साउनमा २६.६२ अंकले बढेर बजार उकालो लागेको थियो ।

त्यसै समय यता नेपाल धितोपत्र बार्डका अध्यक्ष सर्बोत्तम सिमेन्टको बिवादमा मुछिएको बिषयले सबैतिर चर्का आलोचना बटुल्यो साथै, बजारमा पनि तेसको प्रभाव परेको भनौ या कोरोनाको कारण भदौमा ३५३‍. ३० अंकले घटेको नेप्से परिसुचक निरन्तर तल झदै गयो र सरकारले यता धितोपत्र बोर्डका अध्यक्षलाई पनि पदबाट निलम्बन गरिदियो । असोजमा पनि बजार बढ्ने स्थितन्युन रह्यो उक्त समयमा शेयर १६१.०१ अंकले गिरावट आएको थियो ।

त्यसैले शेयर किन्ने बेच्ने चहलपहल पनि उत्तिकै रह्यो । फेरि कात्तिकमा १२८.५४ अंकले पुँजी बजारमा बृद्धि भयो ।
यसपछि देशमा देखिएको तरलता संकटका साथै व्याजदरमा बृद्धि राजनितिक क्षेत्रमा भएका एमसीसी पासको बिषयलाई लिएर छलफल बहस भयो भने पुँजीबजार घट्ने बढ्ने प्रक्रिया चलिरहयो । मंसिरमा ३८०.५७ अंकले गिरावट आएको बजार पुसमा ४४१.९८ अंकले बृद्धि भयो । त्यसपछि पुसबाट ओरालो लागेको पुँजीबजार चैत्र महिना सम्म माथि उठ्न सकेन् ।
नेप्सेको तथ्याडक अनुसार समग्र बर्ष २०७८लाई हेर्दा ५ महिना नेप्से बढेर उकालो लागेको छ भने बाकी ७ महिना घटेर ओरालो लागेको देखिन्छ ।

आगामी बर्षमा पुँजीबजार कता जाला भन्ने कुरामा बद्द्दो लगनिकर्ता को आगमन, प्रबिधीमैत्री कारोबर प्रणाली, अर्थतन्त्र को सुधारओन्मुख अनुहार लगाएतका करणले हेर्दा बजार अवस्य पनि माथि लाग्ने देखिन्छ। लगानिकर्ताहरुले पनि आफुलाई बजारसँग अध्यबधिक गराईराख्ने, हल्लामा लागेर लगनीको निर्णय नलिने र बजार को बारेमा आफुले ज्ञान लिएर मात्रा लगानी गर्दा राम्रो हुने विश्लेषकहरु बताउछन् ।

प्रकाशित : १ बैशाख २०७९, बिहीबार १९:२१