सिद्धार्थ इन्स्योरेन्सको २०औं बार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ इन्स्योरेन्सको २०औं बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा सम्पन्न भएको हो ।

सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन छलफल गरी गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यस आधारमा चैत १६ गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार १९:५१