बर्षको अन्तिम कारोबारका दिन नेप्से दोहोरो अंकले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बर्षको अन्तिम कारोबारका दिन नेप्से दोहोरो अंकले बृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)साताको कारोबारको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । आज नेप्से ३0.२४ अंकले बढेर दुई हजार ४ सय १५ दशमलब २५ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकम भने घटेको छ । नेप्सेमा एक अर्ब ४७ करोड ६३ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १६४ कम्पनीको शेयरमूल्य बढेको छ भने २५ कम्पनीकोे शेयरमूल्य घटेको छ। साथै, ६ कम्पनीको शेयर मुल्य स्थीर रहेको छ । यसमध्ये नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १० प्रतिशतले बढेर उक्त शेयर प्रतिकित्ता २२६२.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज युनाइटेड इदि मर्दी हाइड्रोपावरको २ प्रतिशतले घटेको छ भने नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको पनि शेयरमुल्य करिब २ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबार रकमको आधारमा आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट्स कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ४३ लाख ३४ हजार भन्दा बढीको कारोबार भएको छ

प्रकाशित : ३० चैत्र २०७८, बुधबार १६:०१