सर्ट सर्किटबाट बच्नको लागि मङ्गलम वायर सेफ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सर्ट सर्किटबाट बच्नको लागि मङ्गलम वायर सेफ



काठमाडौं । अहिलेको आधुनिक युगमा विद्युत बिनाको दैनिकी कल्पना पनि गर्न सकिँदैन । विद्युतले जीवन सहज अवश्य बनाएको छ , तर सानो–सानो असावधानीले पनि ठुलो– ठुलो दुर्घटनाहरु घटेका समाचारहरु पनि नियमित रुपमा आइरहन्छन् । विद्युत शर्ट भएर आगलागी भएको घटनाहरु हाम्रो लागि कुनै नौलो हैन । यस्ता दुर्घटनाहरुले मानिसको अंग–भंग हुनेदेखि लिएर ज्यानै जाने र आर्थिक हिसाबमा पनि ठुलो रकमको धन–जनको क्षति हुनुको साथै कारोबार नै बन्द गर्नुपर्ने सम्मको स्थिति आउन सक्छ ।

यस्ता धेरै समस्याको मुख्य कारण भनेको नै घर बनाउँदा वायरिङ्गको लागि प्रयोग गरिने पाइपको सहि छनोट गर्न नसक्नु नै हो । एक त नेपाली बजारमा यस्ता दुर्घटनाहरुबाट जोगाउने आधुनिक र सुरक्षित उत्पादनहरु नै त्यति उपलब्ध थिएन बजारमा र अहिले उपलब्ध उत्पादनको बारेमा पनि खासै धेरै मानिसहरुलाई थाहा छैन । त्यसैले उनीहरुले वायरिङ्गकै लागि बनेको वायरसेफ पाइप प्रयोग गर्नुको सट्टा खानेपानीको लागि प्रयोग हुने पाइप अथवा अर्को कालो एच्डिपिइ पाइप प्रयोग गर्ने गर्दछन् । तर यस्तो पाइपहरु वायरिङ्गको लागि बनेको नहुने हुँदा शर्ट सर्किट भएको खण्डमा यस्तो पाइपहरुले सुरक्षा दिन सक्दैनन् ।

उपभोक्ताहरुको सुरक्षालाई ध्यानमा राखेर यस्ता दुर्घटनाहरु कम गर्ने मुख्य उद्धेश्यको साथ मंगलम उद्योगले मंगलम वायरसेफ बजारमा ल्याएको हो । यी पाइपहरु विद्युतको कुचालक भएको हुँदा यिनीहरु अग्नी प्रतिरोधी छन् । वायरसेफको मुख्य विशेषता भनेको यसमा भएको फायर रिटार्डेन्ट लो स्मोक एफआरएलएस प्रविधि हो । जसले गर्दा तारहरु शर्ट भइहाले पनि आगो पाइप भित्रै निभ्छ र बाहिर फैलिन पाउँदैन । भन्नुको मतलब यी पाइपहरु प्रयोग गरेपछि आफ्नो घरमा विद्युत शर्ट सर्किट भएर आगलागी हुने डरबाट सँधैको लागि मुक्त भइन्छ ।

यिनीहरुको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा वायरिङ्ग गर्न सजिलो हुनुका साथै छोटो समयमा नै बलियोसँग जोडिन्छन् । यसको साथै यिनीहरु कोरोजन रेसिस्टान्ट भएको हुनाले धेरै टिकाउ हुने हुन्छन् जसले गर्दा मर्मत सम्भारको खर्च पनि स्वतः कम हुन्छ । यी पाइपहरु वजनमा धेरै हल्का र किफायती त छन् नै, यिनीहरु वातारणमैत्री पनि छन् ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार १३:०७