नेप्से परिसुचक दोहोरो अंकले घट्यो, एक कम्पनीको शेयरमुल्यमा भने सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेप्से परिसुचक दोहोरो अंकले घट्यो, एक कम्पनीको शेयरमुल्यमा भने सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.७८ अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ०२ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज नेप्सेसंगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा एक अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका २३७ कम्पनी मध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ, २०३ कम्पनीकोे शेयरमूल्य घटेको छ र ११ कम्पनीको शेयर मुल्य स्थीर रहेको छ । यसमध्ये नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १० प्रतिशतले बढेर उक्त शेयर प्रतिकित्ता २०५७ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ६ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबार रकमको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलवार १५:३१