सानिमा जनरल इन्स्योरेन्सको नयाँ वर्ष अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सानिमा जनरल इन्स्योरेन्सको नयाँ वर्ष अफर



काठमाडौं । नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा यति एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यति एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गरी ‘यति एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको छ ।

सानिमा जनरल इन्स्योरेन्समा, हामी हाम्रा ग्राहकहरूको उत्कृष्ट साझेदार हुनका लागि उत्पादनहरूदेखि सेवाहरू सम्मका सबै पक्षहरूमा निरन्तर नवीनता र सुधारमा विश्वास गर्छौं। यो प्रतिबद्धताले हामीलाई हरेक पटक सही काम गर्न प्रेरित गर्छ । वर्षौंदेखि, सानिमा जनरल इन्स्योरेन्सले सबै प्रकारका सामान्य बीमा कभरेजहरू उपलब्ध गराउँदै आएको छ। यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको हो।

सानिमा जनरल इन्स्योरेन्सका डेपुटी महाप्रबन्धक रेना रिजालका अनुसार यो अफर १४ अप्रिल २०२२ देखि लागू हुनेछ। यो अफर यतिको मोबाइल एप र वेबसाइट मार्फत टिकट खरिद गर्ने यात्रुहरूका लागि उपलब्ध हुनेछ। यो समझदारी अन्तर्गत यात्रुले यात्राको मितिदेखि ३० दिनको अवधिको लागि १ लाख सम्म बीमा रकम पाउनेछन् । ३० दिनको अवधिमा एक पटकभन्दा बढी यात्रा गर्ने यात्रुलाई यो नीति यात्राको अन्तिम मितिदेखि लागू हुने जनाएकाे छ ।

यात्रुले बीमा अवधिमा दुर्घटना भएमा रु १० हजार सम्मको औषधि उपचार र दुर्घटनामा मृत्यु भएमा शतप्रतिशत बीमा रकम पाउनेछन् । बीमा समितिको नीतिअनुसार बीमा दाबी गर्ने अधिकार सानिमा जनरल इन्स्योरेन्सको हुनेछ,’ सुश्री रिजालले जानकारी दिइन् ।

यो अफर ३ महिनाको लागि मान्य हुने र नेपाली नागरिकका लागि मात्र लागू हुनेछ। सानिमा जनरल इन्स्योरेन्सले सधैं ग्राहकहरुको आवश्यकता अनुसार विभिन्न बीमा कभरेजहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलवार १२:३२