एनएमबि बैंकको ग्राहकलाई सिजी उत्पादनका साथै विभिन्न एपबाट सामान खरिद गर्दा अच्चमको अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको ग्राहकलाई सिजी उत्पादनका साथै विभिन्न एपबाट सामान खरिद गर्दा अच्चमको अफर



काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी विभिन्न नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २ हजारको क्यासब्याक पाइने जानकारी गराईएको छ ।


साथै बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई दराजबाट सामान खरिद गर्दा १० प्रतिशत वा एक हजार सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा रु. १५ सय सम्म छुट पाउन सकिने जनाएको छ ।

त्यसैगरी एनएमबि बैंकको ग्राहकले इएनएमबी एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १० प्रतिशत वा रु.१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी गराइएको छ ।
उक्त छुट प्रप्त गर्नको लागि ग्राहकले आफ्नो इएनएमबी एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ ।

एनएमबि बैंकले नयाँ बर्षको लागी अर्काे नयाँ अफर पनि सार्वजनिक गरेको छ । उक्त बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा रुं. २ हजार सम्म छुट पाउन सक्नुहुनेछ ।

यो योजना सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलवार ११:१९