बलेफी हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँड मिति सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

बलेफी हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँड मिति सार्वजनिक



काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनीको आइपिओ मङ्गलवार बाँडफाँट हुने भएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहान ९ बजे आइपिओ बाँडफाँट गर्ने भएको हो । 

कम्पनीको आइपिओ प्रि ९ अलोटमेण्ट भने शुक्रवार सम्पन्न गरेको छ । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९ सय ७० कित्ता आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले  निष्कासन गरेका आइपिओमा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा कम्पनीले निष्कासन गरेको आइपिओमा मागभन्दा १५ दशमलव ७६ गुणा आवेदन परेको छ । जसमध्येबाट १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताका लागि दरले आइपिओ पाउने छन् ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार १६:३६