सुनको मुल्य घट्यो, चाँदीको भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, चाँदीको भने स्थिर



काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन (सोमबार) सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १०० सय रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ३०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यता चाँदीको मुल्यमा भने आईतबारकै मुल्य कायम रहदै चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार ११:२७