रिभर फल्स पावरको आइपिओ निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिभर फल्स पावरको आइपिओ निष्कासन



काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो।

यो आईपीओमा स्थानीयले २०७९ वैशाख ११ गतेसम्म अबेदन दिन सक्नेछन् । तर, माग अनुसार आवेदन नपरे ढिलोमा वैशाख २६ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

प्रकाशित : २७ चैत्र २०७८, आईतवार ०८:१४