एभरेष्ट इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ औं बार्षिक साधारण सभा गर्ने भएको छ । सभा संन्चालक समितिको बैठकको निर्णय अनुसार आगामी बैशाख २१ गते बुधबार कमलपोखरी स्थित अग्रवाल भवनमा गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजी रु. १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैंयाको ६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । त्यसैगरी कम्पनीको अधिकृत पुँजी बृद्धि गरी ३ अर्ब पुर्याउने साथै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्ने प्रस्ताव पारित गर्ने छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गर्ने छ ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अर्थ वैशाख ११ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार १६:००