ज्योति विकास बैंकको थप दुई शाखा लहान र कटारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्योति विकास बैंकको थप दुई शाखा लहान र कटारीमा



काठमाडौं । ज्योति विकास बैंकले लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।

लहान नगरपालिका वडा नं. ८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।

साथै, कटारी नगरपालिका वडा नं ४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार १४:०२