नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त



काठमाडाैं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित छनौट तथा सिफारिस समितिले टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुनिल पौडेलको नाम सिफारिस गरेको थियो । ति मध्येबाट सरकारले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २४ चैत्र २०७८, बिहीबार २२:०६