नेपाल टेलिकमको १४ औं वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल टेलिकमको १४ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । नेपाल टेलिकमको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बिहीवार त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा सम्पन्न भएको हो ।

सभाले ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश९कर समेत० गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहीबार १७:२५