नेप्सेसंगै कारोबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेसंगै कारोबार रकममा पनि सुधार



काठमाडौं । केहि दिन देखि लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन (बिहिबार) दोहोरो अंकले बढेको छ । आज नेप्से ३५.६६ अंकले बढेर दुई हजार ४ सय ६४ दशमलब ३१ विन्दुमा रोकिएको हो ।

त्यसैगरी आज नेप्सेसंगै कारोबार रकममा पनि सुधार आएको छ । आज २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १७४ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १७ वटा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

आज दुई वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेर कारोवार भएको छ । जसमा हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२ रुपैयाँ पुगेको छ भने नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७०० रुपैयाँ पुगेको छ। त्यसैगरी नेपाल टेलिकम र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा पनि ५ प्रतिशत भन्दा बढीले बढेको छ ।


नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्तको लगानीकर्ताहरुले सर्वाधिक सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य आज ७.७१ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ७ करोड ३८ लाख ९५ हजारभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहीबार १५:५६