उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रीमा बडु नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रीमा बडु नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुलाई नियुक्त गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाललाई गत साउन २२ गते निलम्बित गरेपछि खालि भएको मन्त्रालयमा बडूलाई नियुक्त गर्न लागेका हुन । यसअघि बडूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आएका थिए ।


मन्त्री बडुको ठाउँमा भने नेकपा एकिकृत समाजवादी निकट रहेका अधिवक्ता गोबिन्द बन्दीलाई नियुक्त गरिएकाे छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्री बडूको जिम्मेवारी हेरफेर गरेको उल्लेख गरेका छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मिति २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको ७८ को उपधारा ९१० बमोजिम नयाँ मन्त्री थपेकी हुन्।

प्रकाशित : २४ चैत्र २०७८, बिहीबार १४:५४