नेशनल माइक्रोफाइनान्सद्वारा बोनस शेयर वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेशनल माइक्रोफाइनान्सद्वारा बोनस शेयर वितरण



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ४० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर वितरण गर्न सुरु गरेको हो ।

पुस २६ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा शेयर जम्मा गरिसकेको जानकारी दिदैं कम्पनीले सो मितिपश्चात अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमश शेयर जम्मा गरिने बताएको छ ।

पुस २६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको बोनस शेयर भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ । यसर्थ कर्जा राफसाफ भैसकेको भए फुकुुवा गर्न समेत कम्पनीले अुनुरोध गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहीबार ११:१७