नेप्सेमा २३.३२ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा २३.३२ अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोवारको चौथो दिन (बुधबार) दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से २३.३२ अंकले घटेर दुई हजार ४ सय २६ दशमलब ३८ विन्दुमा रोकिएको हो ।

त्यसैगरी आज कारोवार रकममा पनि गिरावट आएको छ । आज १अर्ब ९९ करोड ५९ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३३ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १५६ वटा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

आज एउटा कम्पनीको शेयरमूल्य नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्किट लेभलमा पुगेर कारोवार भएको छ । जसमा आज १० प्रतिशतले बढेर १५४५.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालय डिस्टीलरी लिमिटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ४१ लाख ५७ हजारभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार १५:४३