महिला उद्यामीलाई पाँच लाख देखि ५०लाखसम्म निर्यात कर्जाको सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महिला उद्यामीलाई पाँच लाख देखि ५०लाखसम्म निर्यात कर्जाको सुविधा



काठमाडौं । सरकारले महिला उद्यमीको लागि थप सुविधाको व्यवस्था गरेको छ । सरकारले ‘औद्योगिक व्यवसाय नियमावली, २०७८’ सार्वजनिक गर्दै वित्तीय स्थितिको आधारमा महिला उद्यामीलाई निर्यात कर्जा बैंकिङ प्रणालीमार्फत् थप सुविधाको व्यवस्था गरेको हो ।

लघु उद्यमको लागि ५ लाख रुपैयाँसम्म, घरेलु उद्योगको लागि १५ लाख रुपैयाँसम्म, साना उद्योगको लागि ३० लाखसम्म, मझौला उद्योगको लागि ३० लाखसम्म र ठूलो उद्योगको लागि ५० लाखसम्म बैंकिङ प्रणाली मार्फत निर्यात कर्जा उपलब्ध गराउनेछ ।

उक्त कर्जा प्राप्त गर्नका लागि सम्बन्धित उद्योगले आफ्नो पछिल्लो आर्थिक बर्षको कुल उत्पादनको कम्तीमा ३० प्रतिशत निर्यात गरेको हुनपर्ने छ । गत सोमबार सरकारले नेपाल राजपत्रमा औद्योगिक व्यवसाय सार्वजनिक गदै निर्यात कर्जा बैङ्किग प्रणालीमार्फत लघु उद्यमका लागि नियमावली बनाएको हो ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार १४:००