सुनचाँदीको मुल्यमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा गिरावट



काठमाडौ । नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मुल्यमा पनि बुधबार सामान्य रुपले गिरावट आएको छ । आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएको जनाएको छ ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार ११:५०