सुनचाँदीको मुल्य घट्यो,कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साेमबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन छापावाल सुन प्रतितोला ९९हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मुल्यमा पनि आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको जनाएको छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार ११:४२