दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आईतबार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको पनि २ लाख ९ हजार ३ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीृकत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : २० चैत्र २०७८, आईतवार १६:१७