गरिमा क्यापिटलले वार्षिक साधारण सभा डाक्यो, १५.६५ प्रतिशत लाभांश पारित गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा क्यापिटलले वार्षिक साधारण सभा डाक्यो, १५.६५ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा गर्ने भएको छ । सञ्चालक समितिको ४७ औँ बैठकले वैशाख ९ गते, शुक्रबार बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले १५.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आषाढ मसान्तमा कायम चुक्ता पूँजीको ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम एक करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ (कर समेत) नगद लाभांश वितरण गर्न स्वीकृति सभाले प्रदान गर्ने भएको हो ।

उक्त सभाले आ.व. २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका सामान्य प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

गरिमा क्यापिटल वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम बृद्धि गरिनेछ । यसैगरी प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रकाशित : २० चैत्र २०७८, आईतवार १३:३८