आइएमई जनरल ईन्स्युरेन्सको बार्षिक साधारण सभा बैशाख ९ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई जनरल ईन्स्युरेन्सको बार्षिक साधारण सभा बैशाख ९ गते



काठमाडौं । आइएमई जनरल ईन्स्युरेन्सले २४औं बार्षिक साधारण सभा गर्ने भएको छ । चैत १६ गते बसेको संचालक समितिको निर्णय अनुसार बैशाख ९ गते शुक्रबार लैनचौर ब्यङ्क्वेट, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीको अधिकतम पुँजी वृद्धि गरी रु.२ अर्ब ५० करोड पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५लाख ८६ हजार रुपैयाँको ७ प्रतिशत बराबरको बोनस सेयर जारी गर्ने र आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ४२ लाख ६४ हजार ७सय ९० रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गर्ने बिशेस प्रस्ताव पेश गर्ने छ ।

बोनस जारी गर्दा कम्पनीको साधारण सभाको लागि शेयरधनी किताव बन्द मितिसम्म कायम शेयरधनीहरुको मात्र पूर्ण सेयरको लागि योग्य रहने जनाइएको छ । साधारण सभा तथा लाभांश प्रयोजनका चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत २४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रकाशित : १८ चैत्र २०७८, शुक्रबार १३:३७