सुनको मुल्यमा सामान्य वृद्धि,कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य वृद्धि,कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर समान्य बृद्धि भएको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम रहेको थियो । त्यस्तै, आज तेजाबी सुन ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता ,चाँदीको मूल्यमा भने आज तोलामा १० रुपैयाँले गिरावट आएको छ । बुधबार १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहिबार १३ सय ५० रुपैंया तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित : १७ चैत्र २०७८, बिहीबार ११:१८