नेप्सेमा नेशननल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा नेशननल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर सुचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से मा बुधबार नेशननल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लघुवित्तले ४० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार १६:१५