सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?



काठमाडौं । बुधबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अघिल्लाे दिन मंगलबार सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम रहेको थियो । त्यस्तै, आज तेजाबी सुन ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता ,चाँदीको मूल्यमा पनि आज तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलबार १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १३ सय ६० तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार ११:१६