नेपाल बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न



काठमाडौं । नेपाल बैंक लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्र्तगत देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि भब्य रुपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदानगरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको हो ।

ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनिविक को स्थायी नारा “लर्न सेभ अर्न”लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको बताएको छ ।

बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरुले विद्यार्थी,महिला,किसान,उद्यमीलगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुनेगरि विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । बाग्मती प्रदेश अन्तर्गत १७, लुम्विनी प्रदेश अन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३,मधेशप्रदेश अन्तर्गत १९,सुदुरपश्चिम र कर्णालीप्रदेश अन्तर्गत ३ वटा शाखाहरुमा गरि कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको र ती कार्यक्रमहरुमा करिब ५ हजार सहभागि रहेका थिए ।

नेपाल बैंकले यस आर्थिक बर्षको योजना तथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई बिशेष जोड दिएको र सोहि अनुरुप वित्तीय साक्षरता अभियान यो बर्षभरि नै सञ्चालन हुने बैंकले जनाएको छ । हालसम्म बैंकले आफ्ना १६० शाखाहरुबाट करिब १५ हजार सहभागिहरुलाई वित्तीय साक्षरताप्रदान गरिसकेको छ ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार ११:०४