नेप्सेसंगै कारोवार रकममा पनि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेसंगै कारोवार रकममा पनि गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोवारको तेस्रो दिन (मंगलबार) दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से १४.२६ अंकले घटेर दुई हजार ५ सय २७ दशमलब ५८ विन्दुमा रोकिएको हो ।

त्यसैगरी आज कारोवार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५१ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १३१ वटा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । यसमध्ये आज तीन वटा कम्पनीको शेयरमा सर्किट लागेको छ ।


जसमा इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०१२.३० रुपैयाँ पुगेको छ भने नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८७२.६० रुपैयाँ र राष्ट्र उत्थान लघुवित्त ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०९०.६० रुपैंया पुगेको छ ।

नेप्सेका अनुसार आज एनआइबीएल समृद्धि फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य आज ४.७३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलवार १५:३४