लोडसेडिङ नगर्ने प्रतिबद्धता जनाएको प्राधिकरणले दुई दिनमै १२ घन्टा बत्ती काट्यो : व्यवसायी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लोडसेडिङ नगर्ने प्रतिबद्धता जनाएको प्राधिकरणले दुई दिनमै १२ घन्टा बत्ती काट्यो : व्यवसायी



काठमाडौं । अघोषित रुपमा लोडसेडिङ गरिएको प्रति उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ ले संयूक्त प्रेश विज्ञप्ती निकाल्दै लोडसेडिङ गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् ।

उद्योगहरुको निर्वाध संचालनमा अत्यावश्क रहेको विद्युतको नियमित आपूर्ति गर्नु पर्नेमा भारतबाट विद्युत खरिदका लागि दैनिक हुने खरिद वोलकवोलमा महंगो दररेट प्रस्ताव गर्दा समेत विद्युत नपाएको भनि प्राधिकारणले औद्योगिक क्षेत्रहरुमा गत हप्ता देखि १४ घण्टासम्म अघोषित रुपमा लोडसेडिङ गरेकाे थियाे ।

गत २ वर्ष देखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नु परेको वित्तीय संकट तथा वढदो व्याजदरले मरणासन्न पु¥याएको अवस्थामा १४ घण्टा सम्म गरिएको लोडसेडिङले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको छ । यो अवस्थामा सम्वन्धित निकाय गम्भीर भई तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्द गर्न वाध्य हुने र यसबाट सिर्जना हुने थप भयावह अवस्था तर्फ गम्भीर हुन सम्वन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गरेका छन् ।

पछिल्लो समयमा प्रायः दैनिक जसो सरकार तथा प्राधिकरणका जिम्मेवार पदाधिकारीहरुबाट उद्योग मै पुगेर चाहिएजति विद्युत दिन्छौं भन्दै लगानी बढाउन प्रेरित गरिरहेका थिए । तर,आज आएर एक्कासी मुल्य वृद्धि भयो विद्युत आयात गर्न सकिएन भन्नु हाम्रो उर्जाको वास्तविक अवस्थाका वारेमा आमजनतालाई गुमराहमा राखेको ठहर भएकाे बताएका छन् । बेलुकाको ११ः५९ मिनेट जादासम्म विद्युत निर्यात गर्ने अवस्था रहेकोमा १२ वजे पछि एक्कासी युट्रर्न भई विद्युत संकटको अवस्था सिर्जना भएको जनाई विद्युत आपूर्ति वन्द गरिनु गैरजिम्मेवारी विषय भएकाे व्यवसायिकाे तर्क छ ।

त्यसैगरी गएको हप्ता मात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले जुनसुकै मूल्यमा भएपनि उद्योग व्यवसाय क्षेत्रलाई विद्युत उपलब्ध गराउने, लोडसेडिङ नगर्ने भनि आवश्वासन दिएका थिए । विश्वव्यापि रुपमा बढिरहेको मुल्यबृद्धि तथा भारतमा नै चरम उर्जा संकटभई अप्रत्यासित मुल्य बृद्धि हुदा नेपालले खरिद गरिरहेको मुल्यमा बिड नपर्दा क्षणिक संकट भएको तर नेपाल विद्युत प्राधिकरणले जुनसुकै मुल्यमा पनि खरिद गरि औद्योगिक क्षेत्रमा उर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिवद्धता जनाएका थिए ।

तर, दुई दिन मै फेरी १२ घण्टा विद्युत कटौति गर्ने कार्यले भनाई र गराईमा फरक गरेकोमा जिम्मेवार पदाधिकारीको विश्वनियतामा प्रश्न चिन्ह खडा भएको जनाएका छन् । विद्युतको भाउ वृद्धि भएको जनाई कटौति गर्न नमिल्ने, उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउने दायित्वको सरकारको हो, मुल्य कति पर्छ भन्ने विषय सरकारको भएकाले उद्योग व्यवसाय संचालन गर्न आवश्यक विद्युत नियमित आपूर्ति गरिनु पर्दछ भन्ने हाम्रो माग रहेकाे उल्लेख गरेका छन् ।

अतः वर्तमान चूनौतिपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धीत निकायले जिम्मेवारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपर्ने क्षतिलाई मध्यनजर गर्दै हाल देखिएको उर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगहरुमा निरन्तर विद्युत आपूर्तिको व्यवस्थाका लागि उद्योग व्यवसायिकाे अनुरोध छ ।

प्रेश विज्ञप्ती सहित

प्रकाशित : १५ चैत्र २०७८, मंगलवार १४:५३