बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । बैंक अफ काठमाण्डूले विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक – २०२२) को सन्दर्भ पारेर मुलुकभर विभिन्न स्थानहरुमा ७ दिने वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको छ। बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम संचालन गरेको हो ।

उक्त कार्यक्रममा बैंकका प्रतिनिधीहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको र उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूका ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरु रहेका छन् ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलवार १३:३३