वैदेशिक रोजगारीमा जाँदा लाग्ने अधिकतम शुल्कबारे अध्ययन गर्न कार्यदल गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगारीमा जाँदा लाग्ने अधिकतम शुल्कबारे अध्ययन गर्न कार्यदल गठन



काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा लाग्ने अधिकतम शुल्कबारे अध्ययन गर्न कार्यदल बनाएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरूले महँगो शुल्क तिर्नु परेको भन्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लाग्ने अधिकतम शुल्क र त्यो प्रक्रिया सहजीकरण गर्दा लाग्ने अधिकतम सेवा शुल्क लगायतको बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको जानकारी दिए ।

सरकारले ल्याएको फ्री भिसा फ्री टिकटको नियम अनुसार सेवा शुल्क बापत १० हजार मात्रै बुझाए पुग्ने भए पनि अहिले खाडीका देशमा जान पनि श्रमिकहरूले लाखौँ रुपैयाँ तिरिरहेका छन् ।

सरकारले तोके भन्दा बढी शुल्क लिनेलाई कारबाहीको दायरामा ल्याउन सरकार असक्षम नै देखिएको छ । भएको व्यवस्था कर्यन्वयनमा लैजानुको साटो कार्यदल बनाएर मन्त्री श्रेष्ठले चर्चा कमाउने बाटो खोजेको सरोकारवला निकायहरुको भनाइ छ ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार १६:५५