बुद्धनगर एग्रो फार्म लिमिटेडले आईपीओ सर्वसाधारणमा जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

बुद्धनगर एग्रो फार्म लिमिटेडले आईपीओ सर्वसाधारणमा जारी गर्ने



काठमाडौं । एन आई सी एशिया क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक परामर्श सेवा उपलब्ध गराइरहेका छ ।

सोही सेवा अन्तर्गत बुटवल ११, मिलनचोेक, रुपन्देहीमा कार्यालय रहेको बुद्धनगर एग्रो फार्म लिमिटेडको एक सय अंकित दरको ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्न लागेको छ ।

यसका लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र बुद्धनगर एग्रो फार्म लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।

एन आई सी एशिया क्यापिटलको आईडिया टु आईपीओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आईपीओ जारी गर्ने व्यवस्था मिलाईदिने भएको छ । क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षिय सम्झौता भएको जनाएकाे छ ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार १५:५७