सुनचाँदीको मुल्य घट्यो , कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुनको मुल्य १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।यता चाँदीको मुल्यमा पनि सोमबार तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको जनाएको छ ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार १२:०९