विन नेपाल लघुवित्तले घोषणा गर्यो ११ प्रतिशत बोनस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विन नेपाल लघुवित्तले घोषणा गर्यो ११ प्रतिशत बोनस



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू.६ करोड १५ लाखको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नगद लाभांश भने उक्त आर्थिक वर्षमा कायम रहेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरु तथा विन लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको एकिकृत कारोबारपश्चात् थप भएका सदस्यहरुलाई प्रदान गर्ने निर्णय गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार ११:२९