नेप्सेमा दोहोरो अंकको गिरावट,कारोवार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको गिरावट,कारोवार रकममा भने सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोवारको पहिलो दिन (आईतबार) दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से ४१.४३ अंकले घटेर दुई हजार ५ सय ७२ दशमलब २४ विन्दुमा रोकिएको हो ।

त्यसैगरी नेप्से घटेपनि कारोवार रकममा भने सुधार भएको छ । आज ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २५ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १६६ वटा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । यसमध्ये आज जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमा सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९ सय एक र इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ३६ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज मल्टी प्रर्पोज फाईनान्स कम्पनी , नारायणी डेभलपमेन्ट बैकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पवर कम्पनीको भएको छ । यस कम्पनीको आज २७ करोड ५६ लाख ७४ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १३ चैत्र २०७८, आईतवार १५:५३