बीमा कम्पनीको चुक्ता पुँजी बढ्यो,एक बर्ष भित्र कायम गरिसक्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बीमा कम्पनीको चुक्ता पुँजी बढ्यो,एक बर्ष भित्र कायम गरिसक्नुपर्ने



काठमाडौं । बीमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी बृद्धि गरेको छ । संचालक समितिको बिहिबार बसेको बैठकले कम्पनीको आकार, व्यवसायीक दायरा बढेकाले पुँजी बृद्धि गर्नु आवश्यक रहेको समितिले जनाएको छ ।


कम्पनीले जिवन बीमा कम्पनीका लागि चुक्ता पुँजी रु. ५ अर्ब र निर्जिवन बीमा कम्पनीको लागि रु. २.५ अर्ब पुर्याएको छ । हाल जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब र निर्जीबन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँ हुनुपर्ने छ । उक्त चुक्ता पुँजी आगामि चैत्र मसान्तसम्म कायम गरिसक्नुपर्ने समितिले जनाएको छ ।

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार १४:३६