नेप्सेमा दोहोरो अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंककाे गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोवारको अन्तिम दिन (बिहिबार) दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से १६.६९ अंकले घटेर दुई हजार ६ सय १३ दशमलब ६७ विन्दुमा रोकिएको हो ।

त्यस्तै, नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । आज २ अर्ब २४ करोड ८९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४९ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १४१ वटा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । यसमध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्थाकाे सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८१९.५० रुपैयाँ पुगेको छ ।


नेप्सेका अनुसार आज नेपाल फाइनान्स, सामलिङ पावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्तको भएको छ । यस कम्पनीको आज ३० करोड ६३ लाख ९७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १० चैत्र २०७८, बिहीबार १५:४१