नेपाल फाइनान्सको वार्षिक साधारणसभा वैशाख ३ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल फाइनान्सको वार्षिक साधारणसभा वैशाख ३ गते हुने



काठमाडौं । नेपाल फाइनान्सले साधारणसभा आह्वान गरको छ । फाइनान्सको २९ औं वार्षिक साधारणसभा वैशाख ३ गते आह्वान गरेको हो । सभा होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा हुने भएको हो ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा/नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

सभा प्रयोजनको लागि कम्पनीले चैत १७ गते बुक क्लोज गर्दैछ । चैत १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : १० चैत्र २०७८, बिहीबार १४:५४