इजेड वल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भूक्तानी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इजेड वल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भूक्तानी सम्झौता



काठमाडौं । नेपालको रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै आइरहेको इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बैंक अन्तरगत रहेको इसेड रेमिट बीच रेमिट्यान्स् भूक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासंगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढि मुलुकमा रहेका ५५ हजार भन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ । सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सि.ई.ओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सि.ई.ओ, मुजाहिद मलिकले हस्ताक्षर गरेका छन् ।

सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भने, “इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ । यस रेमिट्यान्स सम्झौता मार्फत इसेवा मनी ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ र यसैगरी सकेसम्म धेरै विदेश गएका नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ”।


इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ । त्यस्तै इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १२ हजार बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरी रहेका १ लाख ३० हजार बढी एजेण्ट नेटवर्कबाट पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने छ ।
साथै,पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । सातै इसेवा मनि आर्फत आएको रकम प्रभु भ्यानेजमेन्ट अन्तरगत रहेका सहकारी संस्थाहरुबाट समेत भुक्तानी लिन सकिने जनाएको छ ।


सन् २००३ मा स्थापना भएको इजेड रेमिट लन्डनमा रहेर विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको सस्तो, छिटो र भरपर्दो रेमिट कम्पनी हो । यो बहराइनमा रहेको बिएफसी गु्रप होल्डिङ्कस् (बिएफसी) गु्रपको मातहतमा रहेर रहेर संचालन हुँदै आएको छ । यो रेमिट कम्पनी हाल संसारका ४० भन्दा बढी मुलुकमा विस्तार भएका ५५ हजार बढी नेटवर्कका माध्यम हुँदै संसारका अधिकांस मुलुकमा रेमिट्यान्स सेवा प्रदान गरि रहेको छ ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यम मार्फत २०० भन्दा बढि देशहरुबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १०, ००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवा वालेटका १ लाख भन्दा ३० हजार भन्दा बढी एजेण्ट/क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रकाशित : १० चैत्र २०७८, बिहीबार १३:३१