प्रभु क्यापिटलको विश्व वित्तिय सप्ताह अन्तर्रगत विभिन्न कार्यक्रमहरु सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु क्यापिटलको विश्व वित्तिय सप्ताह अन्तर्रगत विभिन्न कार्यक्रमहरु सम्पन्न



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तर्रगत विभिन्न स्थानहरुमा शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।

क्यापिटलले मिति २०७७ चैत्र ०८ गते मंगलबार हेराल्ड कलेज काठमाण्डौका स्नातक तह अन्तरगतका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिंग र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए । तालिम कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए ।

यसैगरी क्यापिटलले काठमाण्डौ उपत्यकाबाट नजिकै रहेतापनि पहूँचका हिसाबबाट विकट रहेको ललितपुर जिल्ला अन्तरगतको बागमति गाउँपालिका वार्ड नं. ५ इकुडोल स्थित जनजागृति उच्च मा.वि.का १२ कक्षाका विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरुलाई चैत्र ०९ गतेका दिन १ दिने आधारभूत शेयर तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

ग्लोबल मनि विक २०२२ को उपलक्ष्यमा आयोजित कार्यक्रम जनजागृति उच्च मा.वि.को तालिम हलमा सम्पन्न गरिएको थियो । कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत श्री कृष्ण गिरीले गरेका थिए ।

प्रकाशित : १० चैत्र २०७८, बिहीबार १२:५५