नेप्से संगै कारोवार रकममा पनि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से संगै कारोवार रकममा पनि गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोवारको तेस्रो दिन (बुधबार) दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से २०.३४ अंकले घटेर दुई हजार ६ सय ३० दशमलब ३६ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३० वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १५६ वटा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

यसमध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तिीय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७४५ रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६९१.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज बुद्धभुमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार १५:३६