नेपाल फाइनान्सको हकप्रद स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल फाइनान्सको हकप्रद स्वीकृत



काठमाडाैं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

फाइनान्सले फागुन ८ गते मंगलबार हकप्रद जारी गर्न बोर्डबाट अनुमति पाएको हो । गत कार्तिक १ गते नियामक निकाय धितोपत्र बोर्डसँग फाइनान्सले हकप्रदको अनुमति मागेको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.७० कित्ता अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नेपाल फाइनान्स कम्पनीको भदौ २६ गते शनिबार सम्पन्न २८ औं वार्षिक साधारण सभाले ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम हुने चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

ललितपुर फाइनान्सलाई प्राप्ति पछि नेपाल फाइनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रूपैयाँ पुगेको छ । ७० प्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५३ रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार १२:०१