महालक्ष्मी विकास बैंकद्धारा प्रतिक्षालय निर्माणका लागि विद्यालयलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकद्धारा प्रतिक्षालय निर्माणका लागि विद्यालयलाई सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जालपा माध्यमिक विद्यालयलाई प्रतिक्षालय निर्माण गर्नका लागि सहयोग गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको बैंकले उक्त सहयोग गरेको हो ।

जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय निर्माण पछि हस्तान्तरण गरिएको बकम्पनीले जनाएको छ ।

विद्यालयमा अध्ययनरत विधार्थिहरुलाई घाम पानीबाट बच्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले प्रतिक्षालय निर्माण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक उत्तम बहादुर मल्लले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलवार १८:०४