नेप्सेमा दोहोरो अंकले बृद्धि, एक कम्पनीको सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकले बृद्धि, एक कम्पनीको सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोवारको तेस्रो दिन ९मंगलबार० दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से १६.०४ अंकले बढेर दुई हजार ६ सय ३४ दशमलब ५७ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ५१ करोड ८८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १०६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने ७७ वटा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

आज इमजिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६२८.८० रुपैयाँ पुगेको छ ।

कारोवारको आधारमा भने सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटरको कारोवार भएको छ । यसको आज १५ करोड ३३ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलवार १५:४६